

प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप

काठमाडौं – प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ ।
झडपमा संलग्न प्रचण्ड-नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए ।
आज बिहान प्रचण्ड-नेपाल समूह निकटका विद्यार्थी नेताहरुले क्याम्पस हाताभित्र सोधपुछ कक्ष निर्माण गरेका थिए । सोधपुछ कक्षमा टाँगिएको ब्यानर ओली पक्षधरका नेताले च्यातेपछि विवाद उत्पन्न भएको जनाइएकाे छ ।
एसएसपी सिंहका अनुसार दुवै पक्षका विद्यार्थी नेताहरुलाई छलफलका लागि बोलाइएको छ ।