

चक्कुले हानेर कुखुरोले मार्यो मान्छे

तेलंगाना – भारतको तेलंगाना राज्यमा भालेभिडन्तका लागि तयार पारिएको कुखुरोले आफ्नै मालिकलाई मारेको छ ।
उक्त कुखुरोको पञ्जामा चक्कु बाँधिएको थियो र भाग्ने क्रममा उसले मालिकको तिघ्रामा चक्कुले हानेको थियो । भिडन्त गर्नै लागेको बेलामा कुखुरो भाग्न खोजेको थियो र त्यसक्रममा मालिकलाई प्रहार गर्न पुगेको थियो ।
मालिकलाई चोट लागेपछि अस्पतालतिर तत्कालै दौडाइएको छ । अत्यधिक रगत बगेकाले उनी अस्पताल पुग्नुअघि नै बितेका थिए । एजेन्सी