

पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–७ किसानबारी स्थित सडक पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामपुर नगरपालिका–६ विजयपुर बस्ने अन्दाजी ३० वर्षीय सन्जु राना रहेका छन् । बिहीबार राति ९ बजे सडक पुलबाट खसेर रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
रामपुर नगरपालिका ४ खोप्टारबाट विजयपुर घरतर्फ जाँदै लु १३ प ६८१४ नम्बरको मोटरसाइकलमा जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी जनाएको छ ।