

नीति तथा कार्यक्रमः प्रहरीलाई थप सुदृढ बनाइँदै प्रविधिमैत्री बनाइने

काठमाडौं । नेपाल प्रहरी थप सुदृढ बनाउँदै प्रविधिमैत्री बनाइने बताइएको छ ।
शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।
अपराध अनुसन्धानलाई थप प्रविधिमैत्री बनाउने विषय उल्लेख गरिएको छ ।
साइबर अपराध नियन्त्रणका लागि पनि विशेष काम गरिने बताइएको छ ।
त्यसैगरी सुरक्षाकर्मीकोे क्षमता अभिवृद्धिका लागि काम गरिने उल्लेख गरिएको छ ।