

लेबनान मिसनको टोलीमा अदलीबदली, अर्जुनविक्रम फर्कँदा सुमन लागे लेबनान

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाको लागि लेवननमा खटिएको ईन्द्रध्वज गणको बदली भएको छ ।
बदलीका लागि सबुज गणका १९३ नेपाली शान्ति सैनिकको अन्तिम टोली सेनानी सुमन सिलवालको नेतृत्वमा सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
यसअघि प्रमुख सेनानी अर्जुनविक्रम थापा नेतृत्वको टोली स्वदेश फिर्ता भएका थिए ।
हाल उक्त मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एक वटा गण गरी कुल ८७६ जना शान्ति सैनिक कार्यरत छन् ।