सशस्त्र इन्स्पेक्टरमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । सशस्त्र प्रहरीका बढुवा भएका सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सोमबार आयोजित एक कार्यक्रमबीच हालै लेखा समूहका प्रहरी निरिक्षकमा बढुवा भएका इन्स्पेक्टरहरुलाई एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सशस्त्र मुख्यालयमा आयोजित कार्यक्रममा आईजी अर्यालले बढुवा भएका नरेन्द्र थापा, नमराज थापा, कल्पना गुरुङ, उत्तम थापा र डिल्लीराम गौतमलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।