प्राविधिक ५३ असई भए सई बढुवाका लागि सिफारिस (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका प्राविधिक समूहका ५३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार सञ्चारतर्फ ३२ जना, स्वास्थ्य अन्यतर्फ दुईजना, प्यारामेडिक्सतर्फ तीनजना, सङ्गीततर्फ तीनजना, केनाईनतर्फ दुईजना, कम्प्युटरतर्फ ६ जना र आवास तथा भौतिकतर्फ पाँचजना गरी ५३ जनालाई सई पदमा बढुवा सिफारिस गरिएको छ ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।