

महाराष्ट्र रेल दुर्घटनामा ७ नेपालीसहित १३ जनाको मृत्यु, ४० बढी घाइते (नामावलीसहित)

काठमाडौं । भारतको महाराष्ट्रमा रहेको जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । मृतक १३ जनामध्ये ७ जना नेपाली नागरिक रहेको खुलेको छ ।
मृत्यु हुनेमा अछामको बिनायकका नन्दराम विक, सोही ठाउँकै हिमु नन्दराम विक, अछामको कमलबजारका जयकला भट्ट, अछामकै मैसरा विक र कैलालीकी कमला भण्डारी रहेका छन् ।
त्यस्तै नेपालको ठेगाना नखुलेका राधेश्याम भाइ, लच्छिराम कन्नु पासवानको पनि मृत्यु भएको प्रवास नेपाली सम्पर्क विभाग कर्नाटक प्रमुख दिपक राज आचार्यले जानकारी दिएका छन् । अन्य मृतकको पहिचान नखुलेकाले यो संख्या बढ्नसक्ने बताइएको छ ।
हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । दुर्घटना परेर ४० जनाभन्दा धेरै घाइते भएका छन् ।