

बढुवाको मुखैमा किन दिए डिएसपी सिंहले राजीनामा ?

काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी नायब उपरिक्षक (डीएसपी)ले बढुवाको मुखमा राजीनामा दिएका छन् ।
डीएसपी शिवबहादुर सिंहले दिएको राजीनामा हालै स्वीकृत भएको छ ।
गत वर्ष मात्र दार्चुलाको कमाण्ड गरेका डीएसपी सिंह शैक्षिक प्रमाणपत्रको विवादमा पर्दै आएका थिए । बढुवाको मुखमा ब्याचकै प्रतिस्पर्धीले यो विषय उचाल्न सक्ने भएपछि उनले राजीनामा दिएको स्रोत बताउँछ ।
२०६१ सालमा इन्सपेक्टरमा भर्ना भएका सिंहले नियुक्ति लिएपछि मात्र स्नातक उत्तीर्ण गरेका थिए । भर्नाको बेला सोर्सफार्सका आधारमा सो विषय मिलाए पनि पछिल्लो समय सो विषय बारम्बार बाहिर आएपछि उनी तनावमा थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन थालेपछि उनले राजीनामा दिएको स्रोत बताउँछ ।