

महिला टी-२० विश्वकपः बलियो अष्ट्रेलियासँग भिड्दै नेपाल

काठमाडौं । नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघिको दुवै खेलमा नेपालले पराजय भोग्नु परेको थियो ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक बिकेटले पराजित भएको थियो ।
नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट पुरा गरेको थियो अर्को खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेर जीत हासिल गरेका थिए ।
सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भए पछि नेपालला आज जित्नै पर्ने दबाबमा छ ।
समूह ‘डी’ को शीर्षस्थानमा रहेको अस्ट्रेलियाले दुई खेलबाट ४ अंक जोडेको छ । बंगलादेश र स्कटल्यान्डको समान दुई अंक रहँदा नेपाल भने अंकविहीन छ।