

मध्यरातमा युवकमाथि प्रहरीले बुट हानेको घटनाको छानबिनका लागि समिति

काठमाडाैं । चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको घटनाको छानविन गर्न सुरु भएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले घटनाको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार घटनाबारे जानकारी पाउनासाथ सम्बन्धित प्रहरी र स्थानका बारेमा पहिचान गरेर घटनाका विषयमा जानकारी लिने काम हुँदैछ । डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।
उक्त भिडियोमा प्रहरीले युवकमाथि कुटपिट गरी सडकमा लडाउँछन् र बुटै बुटले शरिरका विभिन्न भाग र टाउकोमा समेत नृशंश यातना दिएको देख्न सकिन्छ । उनले यातना दिँदा ड्युटीमा खटिएका अन्य प्रहरी भने रोक्ने काममा नभई मुकदर्शक बनेर हेरिरहेका छन् । ‘कसलाई फोन गर्छस् गर’ भन्ने आवाज समेत भिडियोमा छ ।