हतकडी सहित दुई थुनुवा फरार
मोरङ – जिल्ला अदालत मोरङ परिसरबाट दुई थुनुवा फरार भएका छन्।
मोरङको कटहरी कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी हतकडीसहित फरार भएका हुन् ।
लागुऔषध मुद्दामा म्याद थप गर्न उनीहरुलाई सोमबार दिउँसो प्रहरीले जिल्ला अदालत मोरङमा लगेको थियो । दिउँसो करिब ३ः३० बजे उनीहरु फरार भएका हुन् ।