इराकमा सेनाको कारवाहीमा सात आईएसका लडाकु मारिए



किर्कुक – इराकको उत्तरी प्रान्त किर्कुकमा सेनाको कारवाहीमा इस्लामिक स्टेट (आईएस) समूहका सात लडाकु मारिएका छन् । इराकी सेनाका अनुसार गुप्तचर रिपोर्टका आधारमा गरिएको सैन्य कारवाहीमा आईएसका सात सदस्य मारिएको हो ।

आईएसको पकड मानिएको क्षेत्रमा सेनाको हवाइ आक्रमणबाट ती लडाकु मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।राजधानी बगदादको उत्तरी क्षेत्रमा रहेको पहाडी इलाकामा आतंकवादीहरुले आफ्ना गतिविधि केन्द्रीत गरेका थिए । सेनाले लामो समयदेखि कारवाहीका लागि तयारी गरीरहेको बताइएको छ ।

अमेरिकी सेनाको कारवाही तीव्र भएपछि सने २०१७ देखि इराकमा सो समूहरुको प्रभाव कमजोर रहेको बताइएको थियो । तर पछिल्लो समय फेरि सो समूहले आफ्ना सशस्त्र गतिविधि बढाउन थालेपछि सेनाले कावाहीलाई निरन्तरता दिएको त्यहाँको सरकारले जनाएको छ । यसैबीच आपराधिक गतिविधि नियन्त्रणका लागि विद्रोहीविरुद्धको कारवाहीलाई फेरि निरन्तरता दिने इराक सरकारले जनाएको छ । एजेन्सी