

लुम्बिनीले दियो चितवनलाई १६८ रनको लक्ष्य, रोहितले बनाए ८० रन

काठमाडौं । कीर्तिपुरमा जारी एनपिएलमा लुम्बिनी लायन्सले चितवन राइनोज्लाई १६८ रनको लक्ष्य दिएको छ ।
पाँचौं खेलमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ८० रनको पारी खेलेका थिए ।
लुम्बिनीका लाग साद बिन जाफरले ५२ रनको पारी खेलेका थिए ।
१ रन बनाउँदा दुई विकेट गुमाएको लुम्बिनीले आज पनि सुरुवात राम्रो गर्न सकेन । लुम्बिनीका आशुतोष घिरोहिया१ रनमा आउट भए भने उन्मुक्त चन्द शुन्य नमा आउट भए । त्यसतै अर्जुन साउद १५ रनमा आउट हुँदा टम मुर्रे १० रनमा आउट भए । त्यसपछि रोहित र जाफर मिलेर लुम्बिनीको पारी सम्हाले ।
रोहित अन्तिम ओभरमा ८० रन बनाउँदै आउट भएपछि आएका सन्दीप जोराले ४ रन बनाए ।
चिवतनका लागि रिजन ढकालले ३ विकेट लिए भने कुशल मल्ल र रञ्जीत कुमारले १÷१ विकेट लिएका थिए ।
जारी प्रतियोगितामा लुम्बिनीले लगातार सुरुवाती ४ खेलमा पराजय भोगेको छ भने चितवनले ३ खेलमा जित हात पारेको छ ।