

रास्वपा नेताविरूद्ध अवहेलना मुद्दाको सुनवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा पेशीमा चढेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनवाइका लागि पेसी तोकिएको हो ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त मुद्दाको सुनुवाइका लागि मंगलबार पेशीमा राखिएको अदालतले जनाएको छ । यसअघि सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी दिएको भनिएको भाषण पेस गर्न आदेश दिएको थियो ।
सुरुमा अवहेलना निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता भएको थियो ।