सभामुख घिमिरेले बोलाएको बैठक विनानिष्कर्ष

काठमाडौं । संसदको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विनानिष्कर्ष टुंगिएको छ।

माओवादी ‘हिंसा’ शब्दलाई लिएर अवरुद्ध बनेको प्रतिनिधिसभा बैठक सुचारू गर्न सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन बनेको हो।

संसद्को अवरोध हटाउन सभामुख घिमिरेले आइतबार दलहरूको बैठक बोलाएका थिए ।

संसद्को रेकर्डमा दर्ज भएको ‘माओवादी हिंसा’ भन्ने शब्द हटाउनु पर्ने माओवादीको अडानका कारण बैठक निष्कर्षविहीन बनेको हो।

एमाले सचिव योगेश भट्टराईले भदौ १२ गते बोलेको माओवादी ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नपर्ने सभामुखले घोषणा गरेपछि संसद्‌मा अवरोध सृजना भएको हो।

भदौ २६ गतेको बैठकमा सभामुखले हिंसा शब्द असंसदीय नभएको घोषणा गरेपछि माओवादीले संसद अवरुद्ध गरेको थियो।

माओवादी हिंसा शब्द संसदको रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने माओवादीले संसदीय दलको बैठकमा निर्णय गरेरै गराएको छ ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेको लागि बोलाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *