सेनाका ३ उच्च अधिकारीको बढुवा, उपरथी शाहलाई तालिम महानिर्देशनालयको कमाण्ड

काठमाडौं – नेपाली सेनाका सहायक रथी ध्रुवप्रकाश शाह उपरथीमा बढुवा भएका छन् ।

उपरथीमा बढुवा भएका शाहलाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बढुवासँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका छन् ।

त्यस्तै प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा बढुवा भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिष्ट प्रमुख सेनानी डा। रिवाज कार्कीलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *