

घरमै झुन्डिएको अवस्थामा मृत भेटिइन् टिकटकर विमला

कैलाली । डडेल्धुराकी एक चर्चित टिकटकर युवती मृत भेटिएकी छिन् ।
गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।
टिकटकमा उनका दुई लाख २४ हजार फलोअर छन् । हिजो झुण्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताएका छन् । विमलाका बुवाको केही समयअघि मृत्यु भएको थियो । दाजु विदेशमा छन् ।