

डिएसपी लम्साल र असई दनुवारको ७ महिनापछि निलम्बन फुकुवा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक (डीएसपी) उमेश लम्साल र प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारको निलम्बन फुकुवा गरिएको छ ।
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका डिएसपी लम्साल र असई दनुवार ७ महिनापछि निलम्बन फुकुवा भएका हुन् ।
इपीएस भाषा परीक्षामा सहभागी हुन फारम भर्ने विषयमा प्रदर्शनमा २ जनाले ज्यान गुमाएपछि घटनास्थलमा सुरक्षा कमाण्ड गरेका डीएसपी लम्साल र तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) लाई २०८० पुस १४ मा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।