

‘एम. एस. धोनी’ फिल्मका को-एक्टर सन्दीपले पनि गरे आत्महत्या

काठमाडौं – एम एस धोनी द अनटोल्ड फिल्ममा सुशान्त सिंह राजपूतको को एक्टरको रोलमा देखिएका अभिनेता सन्दीप नाहरले मंगलवार मुम्बईको गोरेगाउँमा आत्महत्या गरेका छन् ।
उनले आत्महत्या भन्दा पहिला ९ मिनेटको भिडियो सोसल मिडियामा शेयर गरेका थिए । साथै सुसाइड नोट पोस्ट गरेका थिए ।
यसमा उनले श्रीमती माथि गम्भीर आरोप लगाएका थिए । अहिलेसम्म उनले कसरी आत्महत्या गरे भन्ने पत्ता लागेको छैन ।