

महिला मृत्त फेला, श्रीमान फरार

धनुषा – धनुषाको कमला नगरपालिकामा आज (मंगलबार) एक महिला भेटिएकी छिन् । कमला नगरपालिका–२ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत्त फेला परेको प्रहरीले जनाएको छ ।
उनी बिहानै घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिएका छन् । मृतक महिलाको घाँटीमा निलडाम रहेको छ ।
मृतक खुशीलाल गडेरीका जेठी पत्नी हुन् । संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएको प्रहरी निरीक्षक रोकायाले बताए । ‘घट्ना शंकास्पद देखिएको छ, अन्य अनुसन्धान भइरहेको छ’, रोकायाले भने ।
मृतक महिलाको शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य कुरा खुल्ने बताउँदै प्रहरी निरीक्षक रोकायाले फरार भएका उनका पतिको पनि खोजी भइरहेको बताए ।