

झोलुंगे पुलबाट खच्चड उद्धार गरेका २ प्रहरी पुरस्कृत

काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उद्धारमा खटिएका दुई प्रहरीलाई छुट्टाछुट्टै पुरस्कृत गरेका हुन् ।
पुरस्कृत हुनेमा इलाका प्रहरी कार्यालय कालेकाँडा अछामका असई रामसिंह फराल र सोही कार्यालयका हवल्दार गंगाराम चौधरी छन् । उनीहरुलाई अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले बताए ।
त्यसैगरी उनीहरुलाई प्रहरी प्रधान कार्यालयले पनि पुरस्कृत गरेको छ । साहसिक कार्य गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।