चितवन दुर्घटना अपडेटः घाइते कार चालक ओझाको मृत्यु



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ।

पुरानो मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा कार चालक कस्कीको पोखरा महानगरपालिकाका ३५ वर्षीय समिर ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आइइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस आज बिहान त्रिशूली नदी किनारमा खसेको थियो ।

काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खस्दा १३ जना घाइते भएका थिए ।