

प्रहरीको जागिर छोडेर कोरिया पुगेका हरिचन्द्रको सात दिनमै मृत्यु

काठमाडौं । नेपाल प्रहरीको जागिर छाडेर सातदिन अघि बाबु–आमासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदा भएर वैदेशिक रोजगारको लागि दक्षिण कोरिया पुगेका एक युवकले ज्यान गुमाएका छन् ।
दक्षिण कोरियास्थित मिर्याङ्ग भन्ने स्थानमा कार्यरत जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ३ का हरिचन्द्र अधिकारीको कोरिया पुगेका ७ दिनमै मृत्यु भएको जनाइएको छ ।
उनी नेपाल प्रहरीको १३८ औं समूहका प्रहरी जवान थिए ।