

नेपाली सेनाका कर्णेल मल्ल जंगी अड्डाको नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाका एक प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) लाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा कार्यरत प्रमुख सेनानी धिरेन्द्रकुमार मल्ललाई जंगीअड्डास्थित सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो।
मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा नेपाली सैनिकबाट प्रतिनिधिका रुपमा कार्यरत थिए ।
उनीबारे उजुरी परेपछि छानबिन गर्ने क्रममा जंगीअड्डाले मल्ललाई फिर्ता बोलाएको थियो ।
सैनिक अनुशासनको विषयमा प्रमुख सेनानी मल्लमाथि छानबिन भइरहेको नेपाली सेनाले जनाएको छ ।