आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन, यी ३ बने उत्कृष्ट

डिएसपी श्याम रावतलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, मदन ढुंगानालाई ‘बेस्ट रिसर्च अवार्ड’ र हरिबहादुर गुरुङ्गलाई ‘बेस्ट एकेडेमीक अवार्ड’



काठमाडाैं – एपीएफ कमाण्ड तथा स्टाफ कलेज कठमाडौँमा संचालन भएको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहकाबीच शुक्रबार समापन गरेका हुन् ।

प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक श्याम रावतलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, सशस्त्र प्रहरी नायव उपरीक्षक मदन ढुंगानालाई ‘बेस्ट रिसर्च अवार्ड’ र सशस्त्र प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङ्गलाई ‘बेस्ट एकेडेमीक अवार्ड’ प्रदान गरेका थिए ।

महानिरीक्षक अर्यालले यस किसिमको शैक्षिक एवं व्यावसायिक ज्ञानले संगठनमा आवद्ध अधिकृतहरुको व्यावसायिक दक्षता अभिबृद्धि हुनुको साथै विद्यमान तथा नविनतम सुरक्षा चुनौतीहरुलाई परास्त गर्न सक्ने योग्य कमाण्डर निर्माणमा समेत अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सामूहिक तस्बिर । 

उनले सशस्त्र प्रहरी अधिकृतहरुले आफ्नो व्यावसायिक जीवनमा उपलब्धी हासिल गर्दै सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै सांगठनिक लक्ष्य प्राप्तीका सबै क्षेत्रहरुमा अझ बढि क्रियाशिल भई त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कोर्ष निरन्तर रुपमा संचालन गर्न सहयोग पु¥याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरु तथा सम्बन्धित सबैप्रति आभार प्रकट गरे ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले सुरक्षा चुनौतीहरुलाई सहज ढंगले परास्त गर्न शैक्षिक एवं व्यावसायिक ज्ञानको उच्चतम प्रयोग गर्दै देश र संगठनको हितमा कार्य गर्न तथा अधिकृतहरुको क्षमता अभिबृद्धि गराउन कोर्ष फलदायी रहने विश्वास व्यक्त गरिन् ।

६० हप्ता अवधिको सो कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक ९ र सशस्त्र प्रहरी नायव उपरीक्षक ५ गरी १४ जना अधिकृतहरुको सहभागीता रहेको थियो ।

समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृहमन्त्रालयका पदाधिकारीहरु लगायत त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।