

सेनाका साख सिपाही हरिचन्द्र गिरी, जसले राखे पाँचौं ‘गिनिज वर्ल्ड रेकर्ड’

काठमाडौ । नेपाली सेनाका सिपाही हरिचन्द्र गिरीले पाँचौं गिनिज बुक अफ रेकर्ड राखेका छन् । यसअघि विश्व गिनिज बुक अफ रेकर्डमा चौथो रेकर्ड राखिसकेका गिरीले Most Skips on an Upright Tyre in One Minute शीर्षकमा पाँचौं विश्व रेकर्ड राखेका हुन् ।
यसअघि विभिन्न क्षेत्रमा चार वटा विश्वकीर्तिमान राखेका हरिले गुड्ने अवस्थामा रहेको टायरमाथि स्किपिङ खेलेर विश्व रेकर्ड राखेका हुन् । उनले एक मिनेटमा १२० पटक स्किपिङ खेलेर रेकर्ड बनाएका छन् । गिरीले व्यक्तिगत पाँचौं राखेको यसपटकको रेकर्ड गिनिज बुक अफ रेकर्डमै पहिलो विधाका रुपमा समावेश भएको विधा हो ।
गिरीले यसअघि हातले टेकेर भर्याङको ५० खुड्किला १२.६५ सेकेण्डमा पूरा गरेका गर्दै विश्व रेकर्डको सुरुवात गरेका थिए। त्यसअघि स्विजरल्याण्डका केभिन डेलकोको नाममा रहेको रेकर्डलाई गिरीले आफ्नो नाममा कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डको यात्रा सुरु गरेका थिए।
एउटा रेकर्ड कायम गरेपछि मुलुकप्रतिको कर्तव्यका साथै आफ्नो लगनशीलताको उदाहरणस्वरुप त्यतिमै रोकिनु हुँदैन भन्ने सोच भएका गिरीले मे ४, २०२२ मा, गिरीले आफ्नो नाममा थप रेकर्ड थपे। उनले आफ्नो खुट्टाको बीचमा फुटबल राखेर हातले टेकेर सबैभन्दा छिटो ५० मिटर हिड्ने नयाँ कीर्तिमान बनाए, यसलाई स्विफ्ट २५.५८ सेकेन्डमा पूरा गर्दै, झाङ शुआङको २६.०९ सेकेन्डको कीर्तिमानलाई थोरैले पछि पारे। र सोही बखत हरिले आफ्नो खुट्टाबीचको फुटबलको साथ हातमा सबैभन्दा छिटो १० मिटर हिड्ने नयाँ कीर्तिमान पनि बनाए, जुन आश्चर्यजनक ४.४९ सेकेन्डमा पूरा गरेका थिए ।
तीनवटा रेकर्ड कायम गरेपछि अर्को रेकर्डको भोका रहेका गिरीले केवल २५.०३ सेकेन्डमा हातमा ७५ वटा खुड्किलाहरू झर्ने सबैभन्दा छिटो एथलेटिक बन्दै चौथो विश्वरेकर्ड कायम गर्न सफल रहेका थिए ।
र यो पनि…
सेनाका सिपाही हरिले गरे पाँचौं गिनिज विश्व रेकर्डका लागि ‘एटेम्प’