‘रेकर्डधारी’ नेपाली सैनिक हरि गिरी- जसले राखे गिनिज वर्ल्डमा छैटौं रेकर्ड

काठमाडौं । दाङका हरिचन्द्र गिरी पछिल्लो समय नेपाली सेनाका रेकर्डधारी सैनिक भनेर चिनिन थालेका छन् । यसअघि विभिन्न विधामा गिनिज विश्व रेकर्डमा पाँचवटा रेकर्ड लेखाएका हरिले हालैमात्र छैटौं रेकर्ड लेखाउन सफल भएका छन् ।

गिनिज विश्व रेकर्डका नाम सुनेका हरिले २०२१ देखि हालसम्म ६ वटा विश्व रेकर्ड काम गरिसकेका छन् ।

छैटौं रेकर्डका लागि गिरीले २४ सेकेन्डमा उल्टो परेर आधा लिटर (५०० मिलि) कागतीको रस पिएका थिए । लण्डनमा यही सेप्टम्बर १० तारिखमा गिनिज वर्ल्ड रेकर्डकै कार्यालयमा उनले उक्त रेकर्ड राख्न सफल भएका हुन् ।

नेपाली सेनाका लेसनायक गिरीले पछिल्लो ४ वर्षमा मात्रै गिरीले हातले टेकेर अग्ला भर्याङबाट झर्नेदेखि ट्रकको टायरमा स्किपिङ गर्नेसम्मका दुर्लभ विश्व रेकर्ड राखेका छन् ।

६ विधामा विश्व रेकर्ड बनाएका उनले यसपटकको लन्डन बसाईका क्रममा ब्रिटेन गट ट्यालेन्टमा अडिसन दिएका छन् । यसअघि अमेरिका गट ट्यालेन्टका लागि अडिसनमा छानिए पनि भिषा समस्याकै कारण भाग लिन नसकेका गिरी यसपटक ब्रिटेन गट ट्यालेन्टमा भने आफू छानिने विश्वास लिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *