सेनाका सिपाही हरिचन्द्र गिरी, जो छन् पाँचौं ‘गिनिज बुक रेकर्ड’को तयारीमा

काठमाडाै‌ । नेपाली सेनामा एकजना यस्ता सिपाही छन्, जो विश्व गिनिज बुक अफ रेकर्डमा एउटामात्र होइन चार–चार वटा रेकर्ड राख्न सफल भइसकेका छन् भने निकट भविष्यमै अर्को रेकर्डको तयारीमा रहेका छन्, ती हुन् हरिचन्द्र गिरी ।

यसअघि विभिन्न क्षेत्रमा चार वटा विश्वकीर्तिमान राखेका हरिले अब गुड्ने अवस्थामा रहेको टायरमाथि स्किपिङ खेलेर विश्व रेकर्ड कायम गर्ने तयारीमा रहेका छन् ।

बुवा शालिकराम गिरी र आमा गोमा गिरीको कोखबाट जन्मिएका हरिले अब पाँचाै‌ रेकर्डका लागि टायरमाथि एक मिनेटमा १२२ पटक ‘स्किपिङ’ खेलेर विश्व कीर्तिमान राख्ने तयारी गरिरहेका छन् ।

हिमालयन रोडिसको सिजन ४ मा समेत सहभागि भएका गिरीलाई नेपाली सेनाका महासेनानी अच्युतम भण्डारीले सेनाको खेलकुद केन्द्रमा ल्याएर उनको प्रतिभालाई निखार्न एउटा जिम्मेवार संगठनले खेल्नुपर्ने भूमिकालाई पूरा गरेका थिए ।

नेपाली सेना जस्तो गौरवमय इतिहास भएको संगठनका असल एवं असाधारण शक्ति र सन्तुलन रहेका गिरीले संगठन कार्यरत रहेकै अवस्थामा पनि मुलुकलाई विश्वमाझ चिनाउन सकिने उदाहरण पेश गरेका छन् ।

यसअघि हातले टेकेर भर्‍याङको ५० खुड्किला १२.६५ सेकेण्डमा पूरा गरेका गर्दै विश्व रेकर्डको सुरुवात गरेका थिए। त्यसअघि स्विजरल्याण्डका केभिन डेलकोको नाममा रहेको रेकर्डलाई गिरीले आफ्नो नाममा कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डको यात्रा सुरु गरेका थिए।

एउटा रेकर्ड कायम गरेपछि मुलुकप्रतिको कर्तव्यका साथै आप्mनो लगनशीलताको उदाहरणस्वरुप त्यतिमै रोकिनु हुँदैन भन्ने सोच भएका गिरीले मे ४, २०२२ मा, गिरीले आफ्नो नाममा थप रेकर्ड थपे। उनले आफ्नो खुट्टाको बीचमा फुटबल राखेर हातले टेकेर सबैभन्दा छिटो ५० मिटर हिड्ने नयाँ कीर्तिमान बनाए, यसलाई स्विफ्ट २५.५८ सेकेन्डमा पूरा गर्दै, झाङ शुआङको २६.०९ सेकेन्डको कीर्तिमानलाई थोरैले पछि पारे। र सोही बखत हरिले आफ्नो खुट्टाबीचको फुटबलको साथ हातमा सबैभन्दा छिटो १० मिटर हिड्ने नयाँ कीर्तिमान पनि बनाए, जुन आश्चर्यजनक ४.४९ सेकेन्डमा पूरा गरेका थिए ।

तीनवटा रेकर्ड कायम गरेपछि अर्को रेकर्डको भोका रहेका गिरीले केवल २५.०३ सेकेन्डमा हातमा ७५ वटा खुड्किलाहरू झर्ने सबैभन्दा छिटो एथलेटिक बन्दै चौथो विश्वरेकर्ड कायम गर्न सफल रहेका थिए ।

एक पछि अर्को रेकर्डको भोका रहेका हरि आगामी दिनमा संगठनभित्र र बाहिरका आम युवाका लागि प्रेरणाका स्रोत बन्ने लयमा देखिएका छन् । सपनाका साथ दृढ विश्वास र मेहेनत चाहिन्छ भन्ने उक्तिका चरितार्थ बनेका छन् नेपाली सेनाका सिपाही हरिचन्द्र गिरी । उनलाई आगामी दिनको हाम्रो तर्फबाट पनि शुभकामना !

One thought on "सेनाका सिपाही हरिचन्द्र गिरी, जो छन् पाँचौं ‘गिनिज बुक रेकर्ड’को तयारीमा"

Leave a Reply

Your email address will not be published. Required fields are marked *