

प्रहरीका यी २ इन्स्पेक्टर भए डिएसपी बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस भएका छन् ।
बुधवार बसेको बढुवा समितिको बैठकबाट प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप-समूह सूचना प्रविधि र कम्प्युटर तर्फका प्रहरी निरीक्षकलाई सोही समूहको तर्फको प्रहरी उपरीक्षक पदमा बढुवा गरिएको हो ।
बढुवा हुनेमा उमेश प्रसाद साह र ई. मुकेश तिवारी रहेका छन् ।