नेपाली सेनाका पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको निधन

काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको  निधन भएको छ ।

बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाले जनाएको छ ।

८५ वर्षीय थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए ।  उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।

उनी चीन भ्रमण गर्ने पहिलो प्रधानसेनापति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *