

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो, पेट्रोल र ग्यासको के भयो ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ ।
मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले वृद्धि गरेको हो ।
नयाँ मूल्य सूची बुधबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र एल. पि. ग्यासको बिक्री मूल्य यथावत रहेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएको थियो ।