

नेम्बाङपुत्र सुहाङले थामे बाबुको विरासत, ५८३० मतान्तरसहित संसद् प्रवेश
कुन उम्मेदवारले कति मत ल्याए ?

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।
सुहाङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै जित हात पारेका हुन् ।
सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।
निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।
यससँगै रास्वपा उम्मेदवारको जमानत जफत भएको छ । इलाममा सुहाङबाहेक डम्बर र थेगिमले जमानत जोगाउन सफल भएका छन् ।