राप्रपा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारी ठगीमा राप्रपाकी सांसद  गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

बस्नेतको समूहले सो सहकारीबाट करिब डेढ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *