सूर्यज्योतिले मनायो आफ्नो १६ औं वार्षिकोत्सव



काठमाडौं । जीवनबीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको छ ।

१५ वर्षको इतिहास बोकेको सूर्या लाइफइन्स्योरेन्स क. लि.र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योतिलाईफ इन्स्योरेन्स क. लि.बीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स क. लि.ले २०७९ पौष ७ गते आफ्नो संयूक्त कारोबार सूरु गरेको थियो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण शुभचिन्तकहरूका साथै अटुट सम्बन्ध राख्ने आदरणीय  ग्राहकवर्ग, अविरल साथदिनुहुने अभिकर्ताहरु ,अहोरात्र खट्ने कर्मचारीहरु , हौसला प्रदान गर्ने शेयरधनी महानुभावहरू, सदैव सत्मार्ग देखाउने संचालक समिति, मार्गनिर्देश गर्ने आदरणीय नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरुलगायत सम्पूर्ण संचारकर्मीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे ।

साथै यहि अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सम्पुर्ण सरोकारवालाहरु लगायत सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरूप्रति कृतज्ञता ज्ञापन गरे ।

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय  सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र  सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध  रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ । नेपालको एकमात्र तथा पहिलो आईएसओ ९००१ः२०१५ बाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी रु ४५४ करोड, जीवन बीमा कोष रु ३,२०० करोड, कुल लगानी रु ३,७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ ।

कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसँग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापूँजीको १० दशमलव २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।