

प्रहरीले बोकेको पेस्तोल पड्कियो, प्रहरी जवान राना घाइते

बझाङ । बझाङमा एक प्रहरीले पेस्तोल पड्काएका छन् ।
जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख भरत शाहका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् ।
बझाङमा भइरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमबार असई रावलले हतियार चेकजाँच गर्दै गर्दा पड्किएको हो ।
पेस्ताेल पड्किँदा एक प्रहरी जवानलाई चोट लागेको छ । बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्दा जवान पुदल सिंह रानाको खुट्टामा चोट लागेको हाे । अहिले उनको उपचार भइरहेको बताइएको छ।
घटनापछि वडा प्रहरी कार्यालयका इञ्चार्ज रावललाई निलम्बित गरिएको छ ।