

इलाम-२ मा मिलन लिम्बुको उम्मेदवारी घोषणा आज, को-को नेता जाँदैछन् इलाम ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलाम-२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ ।
रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका- ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो ।
रास्वपाले बिहीबार मात्रै इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह-प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने छन् ।
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।