त्रिशुलीमा ज्यान गुमाउनेको पाँचै जना मृतकको पहिचान खुल्यो, एक अझै बेपत्ता
मुग्लिङ – आज बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान खुलेको छ ।
जसअनुसार सो दुर्घटनामा ज्यान गुमाउनेनमा गोरखा नगरपालिका–७ की ७० बर्षिया जुनकिरी रोकाया, ४१ वर्षका हरिमाया रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।
१८ वर्षका दिवस रोकाया भने त्रिशुली नदीमा हराइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार खोजी कार्य जारी राखिएको छ ।
ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको जनाउँदै चितवन प्रहरीले उनीहरू बाबुको दाहसंस्कार गरी गोरखामा किरिया पुत्री बस्न जान लागेका थिए । थप विवरण आउन बाँकी छ ।