न्यूजिल्याण्डमा दुर्घटनामा परी धनुषाका सुरेन्द्रले गुमाए ज्यान

काठमाडौं । न्यूजिल्याण्डमा एक जना नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु भएको छ।

गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गएको एनआएएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए।

उनको शव अहिले अस्पातलमा रहेको र नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको पाण्डेको भनाइ छ। एनआरएनए न्यूजिल्याण्डले उनको शव नेपाल पठाउन १८ हजार डलर लाग्ने जनाएको छ। त्यसका लागि रकम अभाव भएकोले सहयोगको अपिल समेत गरेको छ।

सर्विरयाका श्रीमति र एक छोरा र एक छोरी नेपालमै रहेको पनि पाण्डेको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *