

नेपाली सेनाका विभिन्न पदमा ४४ जना उत्तीर्ण, को–को भए पास ? (सूचनासहित)

काठमाडौं । नेपाली सेनाको प्राविधिकतर्फका विभिन्न पदहरुको ४४ जनाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सेनाको भर्ना छनौट निर्देशनालयका अनुसार सेनाको प्रा. अम. कम्प्युटर, प्रा. अम सर्भे र प्रा. अम भेटेरिनरीको खुल्ला तथा समावेशी र आन्तरिक तर्फको अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
सेनाका अनुसार खुल्ला तथा समावेशी तर्फ ३८ जना र आन्तरिक तर्फ ६ जना गरी जम्मा ४४ पदहरुको अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
उक्त परिक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुले आफूले पेश गरेका सम्पूर्ण सक्कल कागजातसहित उपस्थित हुन पनि नेपाली सेनाले सूचना प्रकाशित गरेको छ ।
सूचनाः