

सुवास नेम्बाङका छोरा सुहाङले लिए एमालेबाट इलामको टिकट, बझाङमा दमन

काठमाडौं । नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ ।
पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।
जसअनुसार बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।