

सीआईबीका ४ इन्स्पेक्टरको सरूवा, सीआईबी पुगे अधिकारी र रावल

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले नक्सालले केही इन्स्पेक्टरहरूको काज सरूवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत ४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) काे सरूवा गरिएको हो ।
इन्सपेक्टर सुरेश खत्री, रन्जित लामाको हेडक्वार्टर सरूवा भएको छ भने इन्स्पेक्टर वकिल सिंह र कृष्ण श्रेष्ठको पनि सरूवा भएको जनाइएको छ ।
सीआईबीमा भने इन्सपेक्टर राजु अधिकारी र गजेन्द्र रावललाई लगिएको पनि जनाइएको छ ।