

इलाम-२ उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै पत्रकार मिलन लिम्बु

काठमाडौं । सञ्चारकर्मी मिलन लिम्बुले उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
आगामी बैशाल १५ गते हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनका लागि लिम्बुले उम्मेदवारी घोषणा गर्ने जनाएका हुन् ।
लिम्बुले एक विशेष समारोहबीच उम्मेदवारी घोषणा गर्ने जनाएका छन् । लिम्बुले आइतबार दिउँसो ३ बजे युनियन हाउसमा एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गर्ने जनाएका छन् ।