

प्रकृति संरक्षण कोषसमक्ष युनियनको माग, ‘करोडौंको सवारी साधन खरिद गरिनु कर्मचारी हकहितविरुद्ध’

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषमा विभिन्न माग गर्दै कर्मचारी युनियनले कोषका अध्यक्षसमक्ष विभिन्न माग गरेका छन् । युनियनले विभिन्न कर्मचारीहरुले लामोसमयदेखि करार, ज्यालादारीका रुपमा मात्रै काम गर्दै आइरहेको बताउँदै ११ वर्षदेखि स्थायी विज्ञापन नखोलिनु कर्मचारीप्रति ज्यादै अनुदार रहेको समेत जनाएको छ ।
साथै लामोसमयदेखि कार्यरत कर्मचारीहरुलाई पनि श्रम ऐन अनुरुप, सञ्चयकोष, अवकाश कोष तथा वृत्ति विकासको व्यवस्था समेत नभएकोमा त्यसको सम्बोधनका लागि पनि युनियनले माग गरेको छ ।
कोभिड–१९ को समयमा कर्मचारीबाट कट्टा गरिएको आधा तलब सोधभर्ना गर्नुको सट्टा करोडौंका सवारी साधन खरिद गर्नु कर्मचारीहरुको हकहितविरुद्ध रहेको समेत उक्त मागपत्रमा जनाइएको छ ।
साथै युयिननले ‘राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवको नियुक्ति र योग्यताका विषयमा विभिन्न सामाजिक सञ्जालमा आएका विवादास्पद विषयमा सरोकारका निकायले उठाएका कारण संस्थाको गरिमामा गम्भीर क्षति पुगेकोले यस विषयमा आवश्यक निर्णय गरियोस्,’ भन्ने माग समेत राखेको छ ।
मागः