

कांग्रेसले संविधानविरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले संविधानविरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसबाट गठबन्धन र संविधानविरोधी गतिविधि हुन थालेपछि राजनीतिक समीकरण फेर्न बाध्य भएको बताएका हुन् ।
आगामी निर्वाचनबाट बहुमत ल्याएर सरकार बनाउन कांग्रेसलाई चुनौती दिँदै उनले भने, ‘चार वर्ष बाँकी छँदाको चुनाव एक्लै लडिन्छ जसले पहिलो पार्टी बनाउन मद्दत ग¥यो त्यसको मानमर्दन गर्ने गरी हामी एक्लै लड्छौँ। मैले त अघि नै भने मिल्नुस्, एकताबद्ध भएर जित्नुस् बहुमत ल्याउनुस् मेरो शुभकामना छ।’