

फाइनलमा नेपालले पायो १७२ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी त्रिदेशीय टी–२० सिरिजको उपाधि हात पार्न नेपालले १७२ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपालले पपुवान्युगिनीलाई २० ओभरमा ८ विकेटको क्षतिमा १७१ रनमा रोकेपछि नेपालले उक्त लक्ष्य पाएको हो ।
पिएनजीका लाग टोनी उराले ६१ रन बनाएका थिए भने अलेइ नेवोले ३० रन बनाएका थिए । त्यस्तै हिला भारेले १८ रन बनाउँदा हिरीहिरीले १४ रन बनाएका थिए ।
नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३/३ विकेट लिएका थिए । त्यस्तै करण केसी र गुल्सन झाले १/१ विकेट लिएका थिए ।