आरजुलाई लिएर माधव नेपाल भेट्न कोटेश्वर पुगे कांग्रेस सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् ।

विरामी भएका नेपाललाई भेट्न श्रीमती आरजु देउवासहित कोटेश्वर पुगेका देउवाको साथमा रमेश लेखक पनि पुगेका छन् ।

यसअघि अध्यक्ष नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए ।