प्रतिपक्षमा पुगेका कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक भोली बस्दैछ ।

बैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले भोलीका लागि दलको बैठक बोलाएको हो । बैठक बिहान ९ बजे बस्नेछ ।

सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेको कांग्रेसले संसदीय दलको बैठकमा समसमायिक राजनीति तथा भोली हुने संसदको बैठकमा पार्टीको प्रस्तुतिका बारेमा छलफल गर्ने बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय हिजो गरे पछि संसदमा खेल्ने भुमिकाका बारेमा सभापति देउवाले थप निर्देशन दिने बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *