

गृहमा रविको पुनरोदय, रास्वपाका अरु को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार मन्त्रालय लिने भएको छ । रास्वपा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको हो ।
बुधबार दिउँसो टुंगिएको भागबन्डाअनुसार पार्टीबाट लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् ।
पार्टीका एक नेताले दिएको जानकारीअनुसार डाेलप्रसाद (डिपी) अर्याल श्रममन्त्री बन्ने भएका छन् । अर्यालले सपथ लिइसकेका छन् । रास्वपाका लामिछाने र अर्याल दोस्रोपटक मन्त्री बन्दैछन् ।
यस्तै, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री बन्दा‚ सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएका हुन् । उनीहरु दुवै जना पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।