

आज यी ३ बन्दै नयाँ मन्त्री, साँझ ५ बजे सपथ खुवाउने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री दाहालले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका तर्फबाट पदम गिरी, माओवादी केन्द्रका तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई गराएका थिए ।
आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ ।